+
+

श्रीलंकाको सैनिक एकेडेमीमा कारको ठक्करबाट ७ जनाको मृत्यु, २० घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १० गते ८:०२

१० वैशाख, काठमाडौं । श्रीलंकामा खेल प्रतियोगिताको क्रममा एउटा कार मानिसहरुको भिडमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् ।

टाइम म्यागेजिनको अनलाइन संस्करणका अनुसार यो दुर्घटना राजधानी कोलम्बोबाट करिब १८० किलोमिटर पूर्वमा पर्ने दियातालावा भन्ने शहरमा आइतबार भएको हो । दुर्घटना के कारणले भयो भन्ने खुलेको छैन ।

श्रीलंकाको सैनिक एकेडेमीमा आयोजित प्रतियोगिता हेर्दा करिब ४५ हजार दर्शक सहभागी थिए । श्रीलंका सैनिक र श्रीलंका अटोमोबाइल स्पोर्ट्सले प्रतियोगिता आयोजना गरेका थिए ।

यो घटनापछि प्रतियोगिता रोकिएको थियो ।

प्रहरी प्रवक्ताले एउटा कार ट्र्याक छोड्दै कार्यक्रमका दर्शक र खेल अधिकारीहरुको भीडमा ठोक्किएको बताए । उनका अनुसार चार अधिकारीसहित सात जनाको दुर्घटनामा मृत्यु भएको छ । घाइते २० जनाको उपचार अस्पतालमा भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?