+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

भक्तपुरमा खुल्यो १ अर्ब लगानीमा ‘फर्चुन रिसोर्ट’

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १८ गते १९:३०

१८ वैशाख, काठमाडौं । हिलटेक कम्पनीले भारतीय होटल ग्रुप आईटीसीसँगको सहकार्यमा १ अर्ब रुपैयाँबराबर लगानीमा भक्तपुर साँगामा ‘फर्चुन रिसोर्ट एन्ड वेलनेस स्पा’ सञ्चालनमा ल्याएको छ ।

आईटीसी ग्रुप अफ होटल्स अन्तर्गत फर्चुन होटलले नेपालबाट अन्तर्राष्ट्रिय यात्रा सुरु गरेको छ । हिलटेक कम्पनी सञ्चालक कमल जैनले भारतीय होटल ग्रुप आईटीसीसँग मिलेर फर्चुन रिसोर्ट सञ्चालनमा ल्याएका हुन् ।

‘आगामी आर्थिक वर्ष २०८१र८२ सुरुवातमै फर्चुन रिसोर्ट एन्ड वेलनेस स्पा उद्घाटन गर्न पाउँदा खुसी छौं । भारत बाहिर हाम्रो अन्तर्राष्ट्रिय यात्रा सुरुवातमा पहिलो शाखा नेपालमा खोल्न पाउँदा हामी निकै हर्षित छौं,’ फर्चुन होटलका प्रबन्ध निर्देशक समिर एमसीले भने, ‘सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्यजस्ता विविध कुराले नेपाल उत्साहपूर्ण अनुभवको खोजीमा हिँड्ने पर्यटकको पहिलो रोजाइमा पर्छ । त्यसैले हामी हाम्रो सञ्जाल प्रयोग गर्दै फर्चुन होटलको सुविधा नेपालमा ल्याउन चाहन्छौं ।’

आईटीसीको नेपालमा यो पहिलो रिसोर्ट हो । सांस्कृतिक रूपमा धनी साथै संगीत तथा नृत्यको केन्द्रका रूपमा रहेको भक्तपुरमा यस्तो रमणीय गन्तव्य सिर्जना गर्ने सपना बोकेकोमा एमसीले सञ्चालकहरूलाई बधाई दिए ।

‘विश्वकै अग्लो शिव मूर्तिमध्ये एक कैलाशनाथ महादेव प्रतिमाको चरणमा एउटा शान्त रिसोर्ट बनेको छ, यो अवधारणाले नेपाल आउने पर्यटकहरूको वेल–बिइङ र स्पा अनुभवलाई अझै सुदृढ गर्ने छ,’ उनले भने ।

फर्चुन रिसोर्ट काठमाडौंबाट २० किलोमिटर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ किलोमिटर दुरीमा छ ।

रिसोर्ट सञ्चालक हिलटेक हेल्थ एन्ड होम्स् प्रालिका अध्यक्ष कमल जैनले फर्चुन होटलसँगको सहकार्यमा एउटा उत्कृष्ट ब्रान्ड ल्याउन पाउँदा खुसी लागेको बताए ।

‘फर्चुन होटल एक चर्चित होटल सञ्जालमात्र नभएर हाम्रा लागि पनि एउटा निकै उत्कृष्ट साझेदार हो,’ जैनले भने, ‘फर्चुन रिसोर्ट एन्ड वेलनेस स्पाका सेवामा हाम्रो साझा विश्वास र उत्कृष्टताप्रतिको प्रतिबद्धता प्रतिविम्बित हुने निश्चित छ । हामी आतिथ्यता परिभाषालाई पूर्णव्याख्या गर्ने ढंगले काम गर्दै भक्तपुरको आकर्षणलाई थप उचाइमा पुर्‍याउने छौं।’

रिसोर्टमा छन् यस्ता सुविधा

फर्चुन रिसोर्टमा फराकिलो ब्यांक्वेटहरू छन् । जसले विवाह गन्तव्यका रूपमा पनि चर्चा कमाउन सक्ने सम्भावना देखिन्छ । शान्त वातावरणमा शान्ति खोज्नेका लागि रिसोर्ट उपयुक्त गन्तव्य हुनेछ । एक पटकमा ६ सय पर्यटक अटाउन सक्ने रिसोर्टमा कोठा, कटेज तथा न्यानो र आधुनिक सजावटयुक्त सुइट छन् ।

८ हजार बर्गफिट क्षेत्रफल ओगटेको रिसोर्ट र मा स्पा, रिल्याक्सिङ ट्रिटमेन्ट रुम, थेरापी रुम, सौना, स्टिम रुम, जिम, स्विमिङ पुलजस्ता सुविधा उपलब्ध छन् । स्पा थेरापिस्टहरूको विशेषज्ञ टोलीले गर्ने स्पामा इसेन्सियल आयल, शरीर, दिमाग र आत्मा सन्तुलन ल्याउने प्राकृतिक सामग्री प्रयोग गरेर डिटक्सिफिकेसन र क्लिन्जिङ, गहिरो आराम र समग्र प्राकृतिक चिकित्सा र पञ्चकर्म उपचार प्रदान गर्ने जनाइएको छ ।

शाकाहारी खाना पारखीलाई रिसोर्टमा रहेको रेन्बो रेस्टुरेन्टमा सम्पूर्ण प्रकारका शाकाहारी खानेकुरा उपलब्ध हुन्छ । त्यस्तै नेप्चुन बार तथा लाउन्जमा विभिन्न प्रकारका मदिरा उपलब्ध हुने रिसोर्टले जनाएको छ । रिसोर्टको ‘प्रिफंक्सन’ क्षेत्रले ११ हजार वर्गफिट क्षेत्रफल ओगटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?