
२७ वैशाख, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आर्थिक शिथिलता अन्त्य गर्ने खालको बजेट आवश्यक भएको बताएका छन् ।
बिहीबार नेपाल आर्थिक पत्रकार समाज सेजनले अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा आयोजना गरेको प्रिबजेट छलफलमा उनले बजेटले अर्थतन्त्रमा देखिएको संकट सम्बोधन गर्नुपर्ने बताएका हुन् ।
निजी क्षेत्रको मनोबल माथि नउठेसम्म सरकार पनि सफल हुन नसक्ने बताउँदै उनले विगतमा लिइएका गलत नीति सच्याउन माग गरेका हुन् ।
पुराना कानुनका कारण व्यवसायी र निजी क्षेत्रलाई दु:ख दिन नहुने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4