+
+

पहिले नोक्सानीमा रहेको हाथवे इन्भेस्टमेन्ट अहिले ७ करोड नाफामा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २७ गते ९:२५

२७ वैशाख, काठमाडौं । हाथवे इन्भेस्टमेन्ट कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ७ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आवको सोही अवधिमा १ करोड २२ लाख नोक्सानीमा थियो ।

कुल आम्दानीमा आएको वृद्धिले नाफा बढेको छ । चालु आवको तेस्रो त्रैमासमा कुल आम्दानी २३ करोड ४३ लाख रुपैयाँ गत आवको यसै अवधिमा यस्तो आम्दानी १२ करोड ३८ लाख थियो ।

कम्पनीको कुल खर्च १० करोड ४४ लाख रुपैयाँ छ । कुल खर्च समीक्षा अवधिमा घटेको छ । गत आवको यस अवधिमा कुल खर्च ११ करोड ९२ लाख रुपैयाँ थियो ।

कम्पनीको रिटेन्ड अर्निङ ३६ करोड ३२ लाख रुपैयाँ छ ।  वार्षिक प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८९ पैसा छ भने प्रतिसेयर नेटवर्थ ७७ रुपैयाँ ६२ पैसा छ । अंकित मूल्य प्रतिकित्ता ५० रुपैयाँको यो कम्पनीको सेयर मूल्य बुधबार बजार बन्द हुँदा ८१४ रुपैयाँ १० पैसा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?