+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

जावलाखेलमा बन्यो अत्याधुनिक शौचालय, स्नान र स्तनपान कक्ष पनि

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २७ गते १४:३८

२७ वैशाख, काठमाडौं । ललितपुरको जावलाखेलमा बिहीबारदेखि स्नान कक्षसहितको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा आएको छ । १ करोड ८ लाख रुपैयाँमा बनेको शौचालयको बिहीबार मेयर चिरिबाबु महर्जनले उद्घाटन गरेका हुन् । शौचालयमा स्नान र स्तनपान कक्ष समेत छ ।

सदर चिडियाखाना र ललितपुर जिल्ला प्रहरी परिसर भएको यो क्षेत्रमा सार्वजनिक शौचालय थिएन । भोटो जात्राको समयमा भीडभाड बढ्दा शौचालय अभावमा स्थानान्तरण गर्न मिल्ने ‘मोबाइल ट्वाइलेट’ प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

सुविधासम्पन्न सार्वजनिक शौचालय सञ्चालनमा आइसकेपछि धेरै सहज हुने विश्वास लिएको ललितपुर महानगरपालिका–४ का वडाध्यक्ष सन्तोष खड्का बताउँछन् ।

‘पहिले ट्वाइलेट थिएन, अहिले नुहाउन मिल्नेसहित ट्वाइलेट भएपछि सजिलो हुने भयो’, उनले भने, ‘प्रहरी चौकी, चिडियाखाना आउने सबैलाई सजिलो हुने भयो ।’

उनका अनुसार पहिले त्यहाँ भाडा प्रयोजनका लागि बनाइएका हटराहरु हटाएर सार्वजनिक शौचालय बनाइएको हो । वडाध्यक्ष खड्काका अनुसासर शौचालयमा नुहाउने, महिलाहरुका लागि स्तनपान कक्ष, डाइपर परिवर्तन कक्ष समेत बनाइएको छ । महिलाका लागि आवश्यक पर्ने स्यानिटरी प्याड पनि त्यही उपलब्ध हुनेछ ।

नवनिर्मित शौचालयमा नुहाउँदा आवश्यक पर्ने साबुन, तौलिया लगायत त्यहीं उपलब्ध हुने वडाध्यक्ष खड्काले जानकारी दिए । ‘सबै सामान यहींबाट प्रयोग गर्न मिल्छ । तर सबैको निश्चित शुल्क भने तोकिएको हुन्छ’, उनले भने ।

महानगरसँग सम्झौता गरेर सार्वजनिक निजी साझेदारी योजनाअन्र्तत बनाइएको एरोसान सस्टेनेबल प्रालिका प्रशासकीय अधिकृत लक्ष्मण थापाले जानकारी दिए ।

उनका अनुसार एरोसानले काठमाडौंका बुद्धपार्क, त्रिपुरेश्वर, बानेश्वर, पासपोर्ट कार्यालय, पाटन ढोका, मंगलबजार लगायत ९ ठाउँमा सुविधासम्पन्न शौचालय बनाइसकेको छ । एरोसानले पोखराको लेकसाइडमा पनि पोखरा महानगरसँग सम्झौता गरेर अत्याधुनिक शौचालय बनाउन लागेको थियो । तर स्थानीयको अवरोध गरेपछि एरोसान पछि हट्यो ।

‘पोखरामा पनि हामीले बनाउन लागेका थियौं । स्थानीयसँग केही मिस कम्युनिकेसन भयो । अब त्यहाँ नबनाउने गरी ब्याक भइसक्यौं’, उनले भने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?