+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
६३ बलमा २३ रन आवश्यक
विराटनगर किंग्स 2025
125/2 (9.3)
Shares

स्रोत नखुलेको ९८ लाखसहित पक्राउ परेका २ जना सुन तस्करीमा संलग्न

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते १२:२१

२८ वैशाख, काठमाडौं । स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित शुक्रबार बिहान मालीगाउँबाट पक्राउ परेका २ जना यसअघि सुन तस्करीमा संलग्न भएको खुलेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहान २८ वर्षीय समीर सुनार र २९ वर्षीय मिलन विकलाई पक्राउ परेको थियो ।

प्रहरीका अनुसार पक्राउ परेका दुवैजना बुटवलका हुन् । दुवैजना यसअघि सुन तस्करीमा पक्राउ परेर छुटेका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनीहरुलाई बा १३ च ४८५८ नम्बरको गाडीमा स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?