+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

शनिबार ५१ दिन मनाउँदै ‘महाजात्रा’, अहिले पनि ९ हलमा प्रदर्शनरत

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते १३:०३

काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो श्रृंखला ‘महाजात्रा’ प्रदर्शनको आठौँ सातामा प्रवेश गरेको छ । शनिबार यो फिल्मले प्रदर्शनको ५१ दिन सेलिब्रेसन गर्दैछ ।

अन्तर्राष्ट्रिय बजारमा समेत राम्रो कमाई गरेको यो फिल्म अहिले पनि स्वदेशमा राम्रै शोज संख्या र अकुपेन्सीसहित चलिरहेको छ । शनिबार क्यूएफएक्स, आइएनआई, एफक्युब, वान, बीएसआर, रञ्जना, सिके, बिग र नेपालगञ्जका हलमा फिल्मले ५१ दिन मनाउने कार्यक्रम तय छ ।

चैत ९ गते रिलिज भएको फिल्मको यो यात्रा उत्साहजनक रहेको निर्माता म्याक्स दिपेश खत्रीले बताए । ‘हामीलाई यो सफलताले अझैँ दायित्व बोध भएको छ । आगामी दिनमा दर्शकको भरोषालाई बढाउने र विश्वास टुट्न नदिने गरी काम गर्नेछौं’ उनले भने ।

आगामी दिनमा पनि परिवार बसेर हेर्न मिल्ने खालको फिल्म ल्याउने उनले बताए । नेपाली कला, संस्कृति र भाषाको प्रवर्धनमा सहयोगी भूमिका निर्वाह गर्न पाउँदा आफूहरु हर्षित रहेको बताए ।

अन्तर्राष्ट्रिय वितरक कम्पनि एमएसएम इन्टरटेन्मेन्टले यो फिल्मले डायस्पोरामा फिल्म ब्यापारको खडेरीलाई हटाउन यो फिल्मले योगदान दिएको जनाएको छ । यो फिल्मले अष्ट्रेलियाको सिड्नीमा सर्वाधिक शो पाएको जनाइएको छ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्काको अभिनय छ ।

म्याक्स र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् । यो ब्यानरले २०८२ सालको दसैँमा नयाँ फिल्मको घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?