+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

रविलाई गगनको जवाफ : संसदीय समितिमा आउनुस्, सबै चुनौती स्वीकार छ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते १८:३८

२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी अनियमिततामा गृहमन्त्रीको संलग्नताबारे छानबिन गर्न संसदीय छानबिन समिति बनाए जुनसुकै चुनौती स्वीकार गर्ने बताएका छन् ।

समिति गठनको माग गर्दै कांग्रेसले शुक्रबार दुई पटक बसेको संसद बैठक अवरुद्ध गरेको थियो ।

बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका रवि लामिछानेले आफूले ऋण लिएको प्रमाणित गर्न कांग्रेस महामन्त्री थापालाई चुनौती दिएका थिए । आफूले ऋण लिएको प्रमाणित गरे राजनीति छाड्ने र प्रमाणित नभए राजनीति छाड्न तयार हो भनेर थापालाई प्रश्न गरको थिए ।

कांग्रेस महामन्त्री थापाले पनि सबै चुनौती स्वीकार गर्न तयार रहेको बताएका छन् ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले भने, ‘संसदीय समितिबाट प्रमाणित गरे भइहाल्यो नि ! गगन थापालाई मात्र किन कांग्रेसलाई लज्जित गराइहाल्नुस् ।’

गृहमन्त्री लामिछानेले राज्यका संयन्त्रहरु प्रयोग गरेर जे-जे प्रमाण लुकाउनुपर्ने हो, लुकाइससकेको उनको दाबी छ । त्यसेले अब कांग्रेसले उनको राजीनामा पनि नमाग्ने भन्दै उनले भने, यति प्रमाण छ कि पुष्टि हुन्छ भन्ने विश्वास छ ।’

अब संसदीय समिति नबनेसम्म संसद नचल्ने थापाले बताए । साथै पेलेर जान खोजे यो विषय संसदमा मात्र सीमित नहुने भन्दै कांग्रेस महामन्त्री थापाले भने, ‘सडकमा आउँछ, त्यसअनुसार सामाना गर्न सरकारले तयार हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?