+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कोशीका मुख्यन्यायाधिवक्ता कोइराला बर्खास्त

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते १८:०२

३० वैशाख, विराटनगर । कोशी प्रदेशका मुख्यन्यायाधिवक्ता रुपेश कोइराला बर्खास्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले कोइरालालाई बर्खास्त गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार २६ वैशाखमा मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले २८ वैशाखमा कोइरालालाई पदमुक्त गर्न सिफारिस गरेका थिए । आज प्रदेश प्रमुखले पदमुक्त गरेको सूचना निकालेका हुन् ।

कोइरालालाई निवर्तमान मुख्यमन्त्री केदार कार्कीले मुख्यन्यायाधिवक्ता नियुक्त गरेका थिए । २६ चैतमा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि विकसित भएको घटनाक्रममा कोइराला पटकपटक विवादमा तानिएका थिए ।

हेर्नुहोस् प्रदेश प्रमुखको विज्ञप्ति : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?