+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

आगामी वर्ष विद्युत् जडित क्षमता ४ हजार ५०० मेगावाट पुर्‍याइने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १ गते १६:१९

१ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा कुल विद्युत् जडित क्षमता ४ हजार ५०० मेगावाट पुर्‍याउने लक्ष्य राखेको छ ।

निर्माणाधीन आयोजनालाई समयमै सम्पन्न गरेर विद्युत् उत्पादनको क्षमता बढाउने सरकारले जनाएको हो । अहिले विद्युत् जडित क्षमता ३ हजार मेगावाट छ ।

आगामी आर्थिक वर्षका लागि ल्याइएको सरकारको नीति तथा कार्यक्रममा प्रतिव्यक्ति विद्युत् खपत ४५० किलोवाट घण्टा पुर्‍याउने लक्ष्य छ ।

सौर्य ऊर्जाको समेत विद्युत् खरिद सम्झौता गरी ऊर्जा मिश्रणको अवधारणा कार्यान्वयनमा ल्याउने सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?