+
+

वैशाखमा थपिए ३ करोड २२ लाख कित्ता सेयर

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ९ गते १०:०५

९ जेठ, काठमाडौं । वैशाख महिनामा धितोपत्र दोस्रो बजारमा कुल ३ करोड २२ लाख ६६ हजार ९६९ कित्ता सेयर थपिएको छ । वैशाखमा ५ कम्पनीका बोनस सेयर र हकप्रद सेयर सूचीकृत भएका हुन् ।

नेप्सेका अनुसार एसियन लाइफ इन्स्योरेन्सको २४ लाख ४५ हजार ३५७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । ग्लोबल आईएमई बैंकको ३५ लाख ७७ हजार १०५, हिमालयन रिइन्स्योरेन्सको ४० लाख कित्ता बोनस सेयर बजारमा थपिएको छ ।

रिडी पावरको ७७ लाख ४४ हजार ५०६ कित्ता र सिंगटी हाइड्रो इनर्जीको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । नेप्सेमा सेयर सूचीकृत भइसकेपछि संख्याका आधारमा नयाँ मूल्य समायोजन गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?