+
+

गजेन्द्र ठाकुरले सम्हाले फिल्म सेन्सर बोर्डको अध्यक्षको जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २३ गते १७:११
फाइल तस्वीर

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (फिल्म सेन्सर बोर्ड)को अध्यक्षको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले सम्हालेका छन् ।

अघिल्ला अध्यक्ष नेत्रप्रसाद सुवेदीको ठाउँमा ठाकुरले काम थालेका हुन् । यसअघि उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयमा कार्यरत उनले एक महिनादेखि सञ्चार मन्त्रालयको प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका छन् ।

डेढ महिनादेखि ठाकुर फिल्म सेन्सर बोर्डको अध्यक्षको हैसियतमा फिल्म जाँच गरिरहेका छन् । अहिले उनकै सिग्नेचरमा फिल्मको जाँचपास गर्ने कार्य भइरहेको छ । सञ्चार महाशाखा प्रमुख नै मन्त्रालयको प्रवक्ता र सेन्सर बोर्डको अध्यक्ष हुने अभ्यास छ ।

यसैबीच, फिल्म सेन्सर बोर्डका पदाधिकारीले चाँडै भारतीय सेन्सर बोर्डको निम्तोमा त्यहाँको फिल्म सेन्सर प्रक्रियाबारे अध्ययन भ्रमण गर्दैछन् । गत साता मुम्बई पुगेका चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सेन्सर बोर्डका पदाधिकारी चाँडै भारत जान लागेको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?