
२४ जेठ, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकाले सहकारी संस्थाबाट ऋण लिएका ऋणीहरूलाई समयमै आफ्नो ऋण चुक्ता गर्न निर्देशन दिएको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै सहकारी संस्थाहरूबाट ऋण लिई निर्धारित समयभित्रको सावाँ ब्याज चुक्ता गर्न भनेको हो ।
पटक–पटक ताकेता गर्दा समेत ऋणीहरूले ऋण नतिर्दा आफूहरू समस्यामा परेको गुनासो सहकारी संस्थाहरूले गरेको नगरपालिकाको भनाइ छ ।
‘आफूले लिएको ऋण तिर्नु नपर्ने कल्पना गरेमा त्यो आफैंका लागि प्रत्युत्पादक हुने र त्यस्ता गतिविधि नियन्त्रण गर्न हदैसम्म कठोर कानुनी कारबाही गरिने’ नगरपालिकाले जारी गरेका सूचनामा उल्लेख छ ।
सहकारीका ऋणी सदस्यहरूले समयमै ऋणको सावाँ, ब्याज र किस्ता भुक्तानी नगरे जायजेथाबाट असुलीका लागि प्रक्रिया अगाडि बढाइने समेत नगरपालिकाले चेतावनी दिएको छ ।
हेर्नुहोस् विज्ञप्ति :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4