+

महिला साफ च्याम्पियनसिपमा नेपाल सजिलो समूहमा

२०८१ जेठ  २६ गते १६:३५ २०८१ जेठ २६ गते १६:३५
महिला साफ च्याम्पियनसिपमा नेपाल सजिलो समूहमा

२६ जेठ, काठमाडौं । १ कात्तिकदेखि १४ कात्तिकसम्म नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा पनि नेपाल तुलनात्मक रुपमा सजिलो समूहमा परेको छ । नेपाल रहेको समूह बी मा श्रीलंका, माल्दिभ्स र भुटान रहेका छन् ।

समूह ए मा भारत बंगलादेश र पाकिस्तान रहेका छन् । दक्षिण एसियामा भारत र बंगलादेश पनि बलिया टोली हुन् । दक्षिण एसियाली स्तरको महिला फुटबलमा नेपालले धेरै पटक फाइनलमा भारतसँग पराजय व्यहोर्दै उपबिजेतामा सीमित भएको छ ।

असोज २ देखि १२ गतेसम्म भुटानमा हुने १७ वर्षमुनिको साफ च्याम्पियनसिपमा नेपाल सजिलो समूहमा परेको छ । शनिबार सार्वजनिक खेल तालिका अनुसार नेपाल रहेको समूहमा श्रीलंका, पाकिस्तान र भुटान रहेका छन् । समूह बी मा भारत बंगलादेश र माल्दिभ्स रहेका छन् ।

फुटबल साफ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय