+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विदेश पठाइदिने भनेर ३०० जनालाई ठगी गर्ने समूह पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २९ गते १४:०६

२९ जेठ, काठमाडौं । रोजगारीका लागि कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्सलगायत देश पठाइदिने भन्दै ३०० जनाभन्दा बढीलाई ठगी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवनका २८ वर्षीय राजकुमार भट्ट, कास्कीका नवीन विक र पवन पन्त छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यो समूहले फेसबुक म्यासेन्जर, ह्वाट्सएप लगायत सामाजिक सञ्जालमा फेक आइडी बनाएर आकर्षक तलब भत्ता पाउने गरी रोजगारीका लागि कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्सलगायत देश पठाउने विज्ञापन गरेका थिए ।

त्यसका आधारमा सम्पर्कमा आएकाहरुलाई बैंक खातामा निश्चित रकम जम्मा गर्न लगाउने गरेका थिए । त्यसपछि भिसा, वर्क परमिट, होटल बुकिङ, पुलिस रिपोर्ट लगायतका नक्कली कागजात तयार पारेर ५ देखि १० लाख रुपैयाँसम्म उठाउने र सम्पर्कविहीन हुन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पीडितले जसको खातामा रकम जम्मा गरेको हो, उसैका विरुद्ध उजुरी दिने गरेका थिए । तर, यो समूहले अरुकै खातामा रकम जम्मा गर्न लगाउने र चेक मार्फत रकम निकाल्ने गरेको पाइएको छ ।

त्यसरी रकम जम्मा गर्न खाता प्रयोग भएका राजकुमार बस्नेतविरुद्ध वैदेशिक रोजगार ठगी मुद्दा चलेको र, अदालतले मागेको धरौटी तिर्न नसकेकाले डिल्लीबजार कारागारमा रहेको प्रहरीले जनाएको छ ।

यो समूहले ३०० भन्दा बढीबाट १५ करोडभन्दा बढी रकम ठगी गरेको प्रहरीको आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?