+
+

सहरी मन्त्रालयको १० लाखभन्दा साना योजना ४ सय

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २९ गते १७:३६

२९ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सहरी विकास मन्त्रालयले १० लाखभन्दा कम बजेटका करिब ४ सय योजना छनोट गरेको छ ।

मन्त्रालयको बजेट पुस्तिका (रातो किताब) मा ३ सय ८७ योजना १० लाखभन्दा कम रकमको देखिएको हो । जनता आवास कार्यक्रम बाहेक धेरै टुक्रे योजनाहरू समावेश छन् ।

मन्त्रालयले राखेको १ लाखदेखि ९ लाखसम्मको अधिकांश बजेट टुक्रे योजनाहरूमा मात्रै रहेको छ । यस्तै धेरै बजेट कानुनी लगायतका परामर्शहरूका लागि छुट्याएको देखिन्छ ।

मन्त्रालय मातहतको कार्यालयको वार्षिक प्रगति प्रतिवेदन, वार्षिक समीक्षा कार्यक्रमका लागि पनि यस्ता बजेट विनियोजन भएको देखिएको छ ।

यस्तै आयोजना हस्तान्तरणको मोडालिटी तयार पार्ने भन्दै बजेट विनियोजन भएको छ । सानो रकममा धेरै बजेट छरेर सडकको डीपीआर, मर्मत, अध्ययनका लागि छुट्याएको छ ।

यस्तै साना बजेटबाट बन्ने झोलुङ्‍गे पुलहरूका लागि संघ सरकारले नै स्थानीय तहलाई नदिएर आफैंले खर्च गर्ने रातो किताबमा उल्लेख छ ।

यस्तै सहरी सडकका स्तरोन्नति, डिजाइन परिर्वतन लगायतमा १ देखि ९ लाख रकमसम्म बजेटमा संघ सरकारले राखेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?