+
+

चाबहिलमा जलनबाट गम्भीर घाइते किशोरीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २९ गते १७:४८

२९ जेठ, काठमाडौं । काठमाडौं चाबहिलमा जलनबाट गम्भीर घाइते भएकी १६ वर्षीया समृद्धि सिंहको मृत्यु भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचारका क्रममा गत शुक्रबार नै उनको मृत्यु भएको अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन प्रा.डा शंकरमान राईले जानकारी दिए ।

उनको शरीरको ८५ प्रतिशत भन्दा बढी भाग जलेको थियो । २२ जेठमा घरझगडाका क्रममा घरमुली चञ्चलबहादुर सिंहले पेट्रोल छर्केर आगो लगाउँदा परिवारका सबै ५ सदस्य जलनबाट घाइते भएका थिए । उनीहरु सबैलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो ।

५५ वर्षका चञ्चल, उनकी ४४ वर्षीया श्रीमती बिन्दु सिंह र ८ वर्षीया छोरी सुहानी खतरामुक्त रहेका डा. राईले जानकारी दिए ।

जेठी छोरी २४ वर्षीया सुप्रियाको अवस्था अझै गम्भीर छ । ‘शरीरमा ५५ प्रतिशतभन्दा बढी जलन भएको छ ।

श्वासनलीमै असर गरेकाले अवस्था जटिल छ । आईसीयूमा राखेर उपचार गरिरहेका छौं’, डा. राईले भने । मृत्यु हुने समृद्धि चञ्चलबहादुरकी माइली छोरी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?