
३२ जेठ, काठामडौं । जुवातास खेल्दै गरेको अवस्थामा २२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गोकर्णेश्वर नगरपालिका–४ गोकर्ण माईतीनेपाल चोकस्थित कमला पौडेलको जस्ताको टहराबाट २२ जनालाई पक्राउ गरिएको हो ।
जुवा खेलिरहेको अवस्थामा काठमाडौं कपन बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–१ घर भएका ४० वर्षीय बेल कुमार खड्का समेत २२ जनालाई बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद ३ लाख ६६ हजार ३ सय ८५ रूपैयाँ र ८ थान कौडासहित पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4