+
+

‘पशुपतिप्रसाद २ : भष्मे डन’ ओटीटीमा रिलिज

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १ गते २०:०५

काठमाडौं । फिल्म ‘पशुपति प्रसाद’को दोस्रो श्रृंखला ‘भष्मे डन’ ओटीटीमा रिलिज भएको छ । यो फिल्म सिनेमाघरमा स्ट्रिमिङ सुरु भएको हो ।

दीपेन्द्र खनाल निर्देशित फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकको शीर्ष भूमिका छ ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको यो फिल्मको पटकथा निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्मको निर्माता पनि लामिछाने हुन् । नीरज कँडेलका छायांकन निर्देशन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत यसमा छ ।

पटकथा लेखक लामिछानेले यो फिल्म नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण रहेकोले ओटिटिमा यस फिल्मलाई मन पराउने विश्वास राखे । हलमा यो फिल्म २०८० सालको दशैं फूलपातिमा रिलिज भएको थियो ।

सोही छेकोमा ’पशुपति प्रसाद ३’ निर्माणको घोषणा पनि गरिएको थियो । सिनेमाघरमा ‘जय भोले’, ’महापुरुष’, ’जारी’, ’पानी फोटो’, ’चपली हाइट ३’ लगायतका फिल्म पनि उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?