+
+

असारमा हिमालयन रिसहित ४ कम्पनीको सेयरमा लकइन अवधि सकिँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २ गते ९:०३

२ असार, काठमाडौं । असार महिनामा हिमालयन रिइन्स्योरेन्ससहित ४ कम्पनीका थप सेयरमा लकइन अवधि सकिने भएको छ । सेयर रजिस्टार कम्पनीहरूले लकइन अवधि सकिनेबारे सार्वजनिक सूचनामार्फत जानकारी गराएका हुन् ।

म्युचुअल फण्ड तथा कर्मचारीहरूले होल्ड गरेको सेयरमा लकइन अवधि सकिने भएको हो । लकइन अवधि सकिएपछि ती सेयर कारोबारमा आउन सक्नेछ ।

हिमालयन रिइन्स्योरेन्सको १५ लाख कित्ता साधारण सेयरमा असार १० गते लकइन अवधि सकिनेछ । म्युचुअल फण्डहरूलाई सो सेयर असार ११ देखि बिक्रीका लागि बाटो खुल्नेछ ।

त्यस्तै मनकामना स्मार्ट लघुवित्तको कर्मचारीका लागि वितरित ७ हजार ४२४ कित्ता साधारण सेयरमा लकइन अवधि असार २७ गते सकिँदैछ ।  त्यसबाहेक संस्थापक समूहको १० लाख ८ हजार ३५ कित्ता सेयरमा पनि लकइन अवधि सकिँदैछ । संस्थापक सेयर भने संस्थापकबीच मात्रै खरिदबिक्री हुनेछ ।

जीवन विकास लघुवित्तको कर्मचारीमा वितरित ६७ हजार ३७६ कित्ता सेयरमा असार २२ गते लकइन अवधि सकिनेछ । संस्थापकहरूबीच खरिदबिक्रीका लागि ९० लाख ९५ हजार ७५२ कित्ता सेयरमा पनि लकइन अवधि सकिनेछ ।

त्यस्तै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको कर्मचारीका लागि वितरित ३ लाख २२ हजार ५ सय कित्ता सेयरमा असार ३१ देखि लकइन अवधि सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?