५ असार, पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रदेश हक्की संघको व्यवस्थापनमा शुक्रबारदेखि हुने अन्तरजिल्ला हक्की प्रतियोगिताको तयारी पूरा भएको छ ।
भारतीय पेन्सन क्याम्पको मैदानमा हुने दोस्रो संस्करणको प्रतियोगितामा गण्डकी प्रदेशका ८ जिल्लाले सहभागिता जनाउने गण्डकी प्रदेश हक्की संघका अध्यक्ष दीपकबहादुर थापाले जानकारी दिए ।
प्रतियोगितामा मनाङ, मुस्ताङ र लमजुङबाट सहभागिता नरहेको थापाले जानकारी दिएका छन् ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेटेर १०औं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको हक्की टिम बनाइने थापाले बताए ।
अर्को वर्ष सुर्खेतमा १०औं राष्ट्रिय खेलकुद आयोजना हुँदैछ ।
प्रतियोगिताको विजेताले २० हजार, उपविजेताले १५ हजार र सहविजेताले १० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रदेशका विभिन्न जिल्लामा शाखा गठन गर्ने अभियान सुरु गरेको संघका सचिव अजय केसीले जानकारी दिए ।
पहिलो संस्करणको प्रतियोगितामा कास्की विजेता र तनहुँ उपविजेता बनेका थिए ।
प्रतिक्रिया 4