
५ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपतिले पार्टीको सदस्यता नवीकरण गरे सरकारी सुविधा लिन मिल्छ मिल्दैन भन्ने प्रश्न गरेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘पूर्वराष्ट्रपतिले एउटा पार्टीको सदस्यता नवीकरण गरेको कुरा आयो । सदस्यता नवीकरण गरेको हो भने पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिन मिल्छ मिल्दैन ?’
उनले पूर्वराष्ट्रपति भने पनि नाम लिएनन् । सांसद खतिवडाले पार्टी सदस्यता नवीकरण गरे के गर्ने भन्ने बारे राज्यले सोचेको छ कि छैन भन्नेबारे प्रश्न गरे ।
‘राज्यले त्यो (पूर्वराष्ट्रपतिको पार्टी सदस्यता नवीकरण) बारे के सोचेको छ, संविधानमा के छ, सरकारले त्यसको जवाफ देओस्’, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4