११ असार, विराटनगर । कोशी प्रदेशको नयाँ सरकार गठनविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमाथिको अन्तिम बहस सकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा दुवैतर्फको बहस सकिएको हो ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीलाई अल्पमतमा परेको ३० दिनपछि २६ वैशाखमा पदमुक्त गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले सोही उपधारा अनुसार २७ वैशाखमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
नयाँ सरकार गठनविरुद्ध २७ वैशाखमा नै केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त भएका कारण आफूलाई पदमुक्त गर्न नमिल्ने भन्दै केदार कार्कीले प्रदेश प्रमुखले गरेको नयाँ सरकार गठनको आह्वान बदर, प्रदेश सभाले पास गरेको संकल्प प्रस्ताव बदर र हिक्मतकुमार कार्कीको नियुक्ति बदर गरी आफ्नो निरन्तरताको माग गरेका छन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4