
११ असार, काठमाडौं । विश्वका धेरै व्यक्तिले मन पराउने पर्यटकीय गन्तव्यमा नेपालको काठमाडौं २४ औं स्थानमा परेको छ ।
ट्रिप एडभाइजर डटकम नामक वेवसाइटले विश्वभरका पर्यटकहरुको रोजाइका आधारमा सार्वजनिक गरेको उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौं २४ औं स्थानमा परेको हो ।
उत्कृष्ट गन्तव्यको पहिलो नम्बरमा भने दुबई परेको छ । ट्रिप एडभाइजरले नेपालको राजधानी काठमाडौं ऐतिहासिक सम्पदा, पुराना मठमन्दिर र रमाइलो गाउँहरुले भरिएको ठाउँ भनेको छ ।
नेपाल कार्पेट र चित्रकलाका लागि प्रख्यात ठाउँ भएको पनि उल्लेख गरिएको छ । ट्रिप एडभाइजरकै नेचर डेस्टिनेसनमा भने काठमाडौं पहिलो स्थानमा परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4