+
+
Shares

कुटपिट गरी हत्या गरेको आरोपमा होटल सञ्‍चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १३:५०

१७ असार, विराटनगर । विराटनगरमा कुटपिट गरी हत्या गरेको आरोपमा मोरङ प्रहरीले होटल सञ्‍चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका– १९ बैजनाथपुरमा होटल सञ्‍चालक ३५ वर्षीया लिलादेवी ऋषिदेव रहेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

डीएसपी बस्नेतका अनुसार शनिबार बेलुका होटल सञ्‍चालक महिला लिलादेवीले सोही ठाउँ बस्‍ने बैजनाथपुरका ५० वर्षीय बीरवल गोसाइलाई कुटपिट गरेकी थिइन् ।
कुटपिटपछि शनिबार राति बीरवल घर गएका थिएनन्, भोलिपल्ट बिहान बाहिरै सडकमा लडिरहेको देखिएपछि आफन्तले घरमा लगेका थिए ।

घरमा लगेको केही समयपछि उपचारका लागि कोशी अस्पताल ल्याएका थिए । तर, उपचारका लागि कोशी अस्पतालमा आइतबार नै उपचारका क्रममा मृत्यु भए डीएसपी बस्नेतले बताए ।

‘मृतक अत्याधिक मदिरा सेवन गर्ने मान्छे रहेछन्, शनिबार होटल साहुनीले कुटी भनेर घरमा छोरीलाई भनेका रहेछन्,’ डीएसपी बस्नेतले भने,‘होटल सञ्चालकले पनि सामान्य विवादमा आफूले ढकेलेको स्वीकार गरेकी छन् ।’

उनको पोस्टमार्टमपछि थप विषय खुल्ने डीएसपी बस्नेतले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?