
१७ असार, काठमाडौं । अर्थ मन्त्रालयले दीर्घरोगीका लागि औषधि उपचार खर्चबापत ३५ करोड २६ लाख १९ हजार रकम निकाशा गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले मृगौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीका लागि उक्त रकम निकासा गर्नेसम्बन्धी फाइल स्वीकृत गरेका हुन् ।
उपचार खर्चसम्बन्धी कार्यविधि २०७८ अनुसार ती बिरामीले मासिक ५ हजार पाउँदै आएका छन् ।
स्वास्थ्य मन्त्रालयमार्फत देशभरका विभिन्न स्थानीय तहले दीर्घरोगका बिमारीको उपचार खर्चबापतको रकम माग गरेका थिए ।
चालु आर्थिक वर्ष २०८०/८१ को बजेटबाट उक्त रकम निकास गरिएको मन्त्रालयले जनाएको छ । उक्त रकम स्थानीय तहमार्फत बिरामीको बैंक खातामा जम्मा हुने अर्थले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4