+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

ई–स्पोर्टस् पदक विजेता पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २४ गते १८:०१

२४ असार, काठमाडौं । ई–स्पोर्टस् संघ नेपालको आयोजनामा भएको प्रथम राष्ट्रिय ई–स्पोर्टस् च्याम्पियनसिपका पदक विजेतालाई पुरस्कृत गरिएको छ ।

मोबाइल लिजेन्ड र ई–फुटबलका पदक विजेतालाई नगदसहित सोमबार पुरस्कृत गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीलाई ट्रफी र नगद प्रदान गरी पुरस्कृत गरे ।

मोबाइल लिजेन्डमा शीर्ष ८ स्थान हासिल गर्ने क्रमशः हाइ भोल्टेजले ६० हजार, कोड रेडले ४० हजार, सिक्सटी नाइन गेमिङले ३० हजार, वीरे नुनले २० हजार, मिडनाइट ह्याभक र हेल्लो किटिसले समान १५–१५ हजार तथा मिडनाइट ह्याभक २.० र गुड नाइटले समान १०–१० हजार नगद पुरस्कार पाए ।

ई–फुटबलमा पहिलो भएका गौरव पुडासैनीले ४० हजार, दोस्रो भएका सन्देश ओझाले ३० हजार, तेस्रो भएका रोशन शर्माले २० हजार तथा चौथो भएका निखिल हमालले १० हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिता सुर्खेतमा असार १४ देखि १५ गतेसम्म भएको थियो ।

कार्यक्रममा सदस्य–सचिव घिसिङले ई–स्पोर्टस्लाई अझ व्यवस्थित ढंगले अगाडि बढाएर देशको प्रतिष्ठा अभिवृद्धि गर्ने माध्यम बनाउनु पर्नेमा जोड दिए ।

उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी सहभागी हुँदा कुनै व्यक्ति विशेष नभइ सिंगो देशको प्रतिनिधित्व सम्झनु पर्ने बताउँदै संघलाई आसन्न एसियाली इन्डोर गेम्सको तयारीमा जुट्न निर्देशन दिए ।

राखेपका सदस्य समेत रहेका ई–स्पोर्टसका अध्यक्ष अञ्जन धमलाले ठूलो चुनौतीका बीच सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्न सहयोग गरेकोमा राखेपलाई धन्यवाद दिंदै वार्षिक क्यालेन्डर नै तयारी गरी संघ अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?