२६ असार, तनहुँ । अविरल वर्षाले अवरुद्ध बनेको पृथ्वीराजमार्ग एकतर्फी खुलेको छ । तनहुँ म्याग्दे गाउँपालिका–६ मौरीओढार पहिरो खस्दा बिहानैदेखि सडक पूर्ण रुपमा अवरुद्ध थियो ।
बाटोमा लेदोसहितको पहिरो खस्दा राजमार्ग अवरुद्व भएको थियो । पृथ्वीराजमार्गअन्तर्गत पर्ने बन्दीपुर–५ याम्पा नजिक खसेको पहिरा पन्छाएर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ ।
सेतीमा बगेर एकजना बेपत्ता
बाढीले बगाएर ल्याएको दाउरा सेतीनदीबाट झिक्ने क्रममा आज बिहान एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास नगरपालिका–१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता भएका हुन् ।
कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले थापाको खोजी जारी रहेको जानकारी दिए । बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदी किनार आसपासका मानिसको भीड लाग्ने गर्दछ ।
प्रतिक्रिया 4