 
																			२७ असार, काठमाडौं । जनता समाजवादी, नेपाल २१५ जना केन्द्रीय सदस्य मनोनीत गरेको छ । जसपा नेपालले बिहीबार मनोनीत केन्द्रीय समिति सदस्यको नाम सार्वजनिक गरेको छ ।
महाधिवेशन सकिएको करिब एक महिनामा बल्ल केन्द्रीय सदस्यको टुंगो लगाएको हो ।
जेठ अन्तिममा जनकपुरमा भएको प्रथम एकता महाधिवेशनले उपेन्द्र यादवलाई सर्वसम्मत अध्यक्ष चुनेको थियो । बाँकी पदाधिकारी चयनका विषयमा विवाद भएपछि जेठ २८, २९ र ३० गते भएको महाधिवेशनले अध्यक्षबाहेक अन्य पदाधिकारी चयन नगरी टुंगिएको थियो ।
उक्त महाधिवेशनले यादवलाई नै केन्द्रीय समिति, पदाधिकारी, कार्यकारिणी सदस्य तथा केन्द्रीय निकायका पदाधिकारी र सदस्यहरु मनोनयन गरी घोषणा गर्ने जिम्मेवारी दिएको थियो ।
जसपा, नेपालले केन्द्रीय सदस्यको नाम सार्वजनिक भए पनि अन्य पदाधिकारीबारे अझै टुंगो लगाएको छैन ।
हेर्नुहोस् मनोनीत केन्द्रीय सदस्य







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4