+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
७४ बलमा ४८ रन आवश्यक
विराटनगर किंग्स 2025
100/1 (7.4)
Shares
सिमलताल पहिरो :

नारायणी नदी किनारमा भेटियो थप एक पुरुषको शव

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते ११:१२

३० असार, चितवन । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-७ स्थित नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पुरुषको शव खोलाबाट निकालेर भरतपुर ल्याउने तयारी गरिएको छ ।

सिमलताल पहिरोमा परेका बसका यात्रुको शव हुन सक्ने आशंका गरिएको छ । शनिबार पनि सोही ठाँउ नजिकै दुईवटा शव भेटिएका थिए । अहिलेसम्म नारायणी नदीले बगाएका ५ वटा शव फेला परेका छन् ।

आज बिहानमात्रै एक जनाको शव फेला परेको थियो । शनिबार तीनको शव फेला परेको थियो । उनीहरूको सनाखतसमेत भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?