+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सत्ता उपभोग गर्न नपाउँदा नयाँ गठबन्धन बन्यो : राजनीतिक विश्लेषक खतिवडा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २ गते १०:२०

२ साउन, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले सत्ताको उपभोग गर्न नपाउँदा नयाँ गठबन्धन बनेको राजनीतिक विश्लेषक डम्बर खतिवडाले टिप्पणी गरेका छन् । उनले यी ठूला दलबीच राजनीतिक गठबन्धन गर्न कुनै राजनीतिक कारण नभएको बताएका छन् ।

‘यो भागबण्डा, आलोपालोको राजनीति हो । नेपालका राजनीतिक दलहरु लामो समयसम्म प्रतिपक्षमा बस्न र जनताको सरोकारको आवाजहरु उठाउन, धैर्यता गर्दैनन्’, खतिवडाले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा भनेका छन्, ‘आलोपालो र भागबण्डाको राजनीतिमा संसदीय राजनीतिको अन्तर्राष्ट्रिय मान्यता, मूल्य प्रचलनभन्दा विपरीत ढंगको अभ्यास गर्ने जुन काम भइरहेको छ, यसमा तीनवटै दलहरु उत्तिकै संलग्न छन् भन्ने मलाई लाग्छ ।’

दुई ठूला दलहरु मिलेर सरकार बनाएको मैले संसारको संसदीय लोकतन्त्रमा आफूले नेपालमा बाहेक अन्य देशमा उदाहरण नभेटाएको विश्लेषक खतिवडाको भनाइ छ ।

राजनीतिक विश्लेषक खतिवडाले कांग्रेस, एमालेले राष्ट्रिय सहमति र संविधान संशोधनको बर्को ओढेकोसमेत टिप्पणी गरे । ‘त्यो बर्कोलाई पनि मैले रामनामी बर्को भन्छु । यिनीहरु संविधान संशोधनमा प्रवेश गर्न सक्छन् जस्तो मलाई लाग्दैन । प्रवेश गरे भनेपनि तिनीहरुको ओरेन्टेशन के हुन्छ त ? कतातिर संविधान संशोधन गर्न जान्छन् । त्यसपछि नागरिकहरुको प्रतिक्रिया के हुन्छ ?’ उनले भने ।

खतिवडाले दुई ठूला दल मिलेर संघीयता, समानुपातिकता, आरक्षण र समावेशितामाथि आक्रमण गर्न खोजेकोप्रति आशंका उब्जिएकोसमेत बताए । उनले भर्खरै सत्ताबाट बाहिरिएर प्रमुख प्रतिपक्ष दल हुन पुगेको नेकपा(माओवादी केन्द्र)का सामु सिद्धिने वा पुनःगठित हुने भन्ने विकल्प रहेको बताए ।

खतिवडाले अर्को निर्वाचनसम्म राष्ट्रिय स्वतन्त्र पार्टी टिक्छ टिक्दैन भन्नमै आशंका उब्जिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?