
५ साउन, काठमाडौं । नेपाली कांग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनित भएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा १३ को उपधारा १ बमोजिम घिमिरेलाई प्रमुख सचेतक मनोनित गरेका हुन् ।
रमेश लेखक ३१ असारमा गृहमन्त्री भएपछि कांग्रेसको प्रमुख सचेतक पद रिक्त थियो ।
घिमिरे सिन्धुली-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4