+
+
Shares

प्रधानमन्त्रीलाई वर्षमानको प्रश्न : बजेट कार्यान्वयन कसरी गर्नुहुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते १६:४१

६ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले चालु आर्थिक वर्षको बजेटका नीति कार्यान्वयन हुनेका आशंका गरेका छन् ।

अघिल्लो सरकारमा आफूले अर्थमन्त्रीको हैसियतमा ल्याएको बजेटका केही नीतिमा नयाँ प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टि रहेको उनले सुनाए ।

आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले विश्वासको मत मागेका छन् । त्यसमाथि बोल्ने क्रममा माओवादीका उपमहासचिव पुनले बजेट ल्याउने बेला आफूले पटक–पटक ओलीसँग समेत समन्वय र संवाद गरेको स्मरण गरे ।

‘अर्थमन्त्री भएर चार महिना सात दिन काम गर्दा पनि कतिपय कुराहरू, बजेटको ब्रिफिङ गर्दा मैले भेटेको छु’ पुनले भने, ‘गण्डकी त्रिभुज उहाँले मन पराउनु भएन ।’ आफूले यो योजना आर्थिक भाइब्रेन्ट केन्द्रहरु निर्माण गर्नका लागि ल्याएको पुनले बताए ।

उनले सात वटै प्रदेशको आ–आफ्ना विशेषता अनुसारको आर्थिक गतिविधि गर्ने भनेर पनि बजेट ल्याइएको स्मरण गरे । यो पनि प्रधानमन्त्री ओलीले मन नपराएको निवर्तमान अर्थमन्त्री पुनले बताए ।

आफूले ल्याएको बजेटले उत्पादन वृद्धि र रोजगारी सिर्जनामा ठूलो योगदान गर्ने उल्लेख गर्दै उनले यसलाई संशोधन गर्ने जस्तो विषय प्रधानमन्त्रीबाट व्यक्त भएको भन्दै कार्यान्वयनमा आशंका रहेको बताए ।

‘संविधानले त्यति धेरै बजेटमा संशोधनका ठाउँ दिएको छैन । पुरक बजेटको कल्पना छ । तर त्यसमा विशिष्ठ अवस्थाको परिकल्पना छ’ पुनले भने ।

आगामी वर्ष पाँच लाख प्रत्यक्ष र अप्रत्यक्ष दश लाख गरेर १५ लाख रोजगारी सिर्जना गर्ने बजेटको लक्ष्य रहेको र यो लक्ष्य प्राप्तीको आधार रहेको पुनले बताए । कम्तीमा ३० खर्ब बराबरको आईटी सेवा निर्यात गर्न सक्ने आधार रहेको पनि उनले बताए ।

विदेशमा गएका युवाहरूको ज्ञान, सिप र क्षमता नेपालमा लगानी गर्ने वतावरण बनेको उल्लेख गर्दै उनले थपे, ‘यसको अपनत्व प्रधानमन्त्रीले लिनु हुन्छ कि हुँदैन प्रश्न यो हो ।’

गत वर्ष एक खर्ब भन्दा बढी आइटी सेवा निर्यात भएको उल्लेख गर्दै उनले चालु आर्थिक वर्षको बजेटले दश वर्षलाई आईटी दशक घोषणा गरेको बताए । उनले फेरि प्रश्न गरे, ‘त्यो बजेटलाई अपनत्व प्रधानमन्त्रीले लिनु हुन्छ कि हुँदैन मेरो प्रश्न यो हो ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?