 
																			७ साउन, काठमाडौं । प्युठानमा गत आथिक वर्षमा ५३ वटा घरेलु हिंसाका मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय, प्युठानले जनाएको छ । प्रहरीमा दर्ता भएका सबै मुद्दा दुवै पक्षबीच मिलापत्र गराई सल्टाइसकेको प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिए ।
प्युठान प्रहरीले आफ्नो वार्षिक कार्य प्रगति विवरण प्रस्तुत गर्दै समुदाय–प्रहरी साझेदारी कार्यक्रमले पीडितहरुलाई प्रहरीमा आउन सहज वातावरण बनेको जनाएको हो । प्युठानमा जबरजस्ती करणी, बाल विवाह र बहुविवाहको घटना पनि बढेको देखिएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।
आर्थिक वर्ष २०७९/८० मा १२ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएकोमा गत आर्थिक वर्षमा १५ वटा पुगेको प्रहरीको भनाइ छ । त्यस्तै आर्थिक वर्ष ०७९/८० मा २ वटा बहुविवाहको मुद्दा दर्ता भएकोमा गतवर्ष ६ वटा मुद्दा दर्ता भएको थापाले जानकारी दिए ।
यसैगरी ट्राफिक प्रहरीले १० हजार ५९४ वटा सवारी साधनलाई कारबाही गरी ६३ लाख ७ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको जनाइएको छ । ‘सवारी दुर्घटनामा चालक घाइते अवस्थामा थिए,’ उनले भने, ‘त्यो अवस्थामा चालकलाई धरौटीमा छाडिएको थियो ।’
प्रहरीले गएको एक वर्षमा पुराना मुद्दामा फरार रहेका ३४ सहित ८८ जना प्रतिवादीलाई पक्राउ गर्न सफल भएको तथ्याकं सार्वजनिक गरेको छ। जसबाट १२ वर्ष ७ महिना २२ दिन कैद असुल भएको र ८७ हजार ३ सय २० रुपियाँ जरिवाना असुल गरिएको प्रहरी नायव उपरीक्षक थापाले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4