+
+

काठमाडौं उपत्यकामा कुदिरहेछन् दैनिक चार दर्जन द्रुत बस

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ८ गते १७:२४
फाइल तस्वीर

८ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा दैनिक चार दर्जन द्रुत बस सञ्चालनमा रहेका छन् ।

यातायात व्यवस्था विभागले मंगलबार दैनिक सञ्चालन भइरहेका बस सेवा विवरण सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालनमा छन् ।

सरकारले संविधान दिवसको अवसर पारी ३ असोज २०८० देखि द्रुत बस सेवा सुरु गरेको थियो ।

अन्य सार्वजनिक बसलाई यो रुटमा डेढ घण्टासम्म लाग्ने गरेकोमा ४५ मिनेटमा सूर्यविनायकबाट रत्नपार्क पुग्ने गरी यस्तो बस सेवा थालिएको हो ।

रत्नपार्क र सूर्यविनायक दुवै तर्फबाट छुट्ने बस ५/५ मिनेट फरकमा चल्ने गरी व्यवस्थापन गरिएको हो ।

बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ६ बजेसम्म बस सेवा सञ्चालन हुने गरी समय तोकिएको छ ।

हेर्नुहोस् सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?