+
+

सुदूरपश्चिममा तत्काल वृत्ति विकासको व्यवस्था गर्न निजामती कर्मचारीको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ११ गते १९:३२

११ माघ, धनगढी। सुदूरपश्चिम प्रदेशमा कार्यरत कर्मचारीहरुले प्रदेश निजामती सेवा ऐन २०७९ लागु भइसक्दा समेत कार्यान्वयनमा ढिलाइ भएको गुनासो गरेका छन् ।

प्रदेशस्थित विभिन्न मन्त्रालय र मातहतका कार्यालयमा कार्यरत कर्मचारीले शुक्रबार प्रमुख सचिव डा.हरिप्रसाद लम्साललाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रदेश निजामती सेवा ऐन लागु भइसक्दा समेत कर्मचारीको वृत्ति विकासमा ध्यान नदिएको गुनासो गरेका हुन् ।

ऐनले प्रदेशका निजामती कर्मचारीको सेवा, सुविधा र शर्त सम्बन्धी व्यवस्था गरेपनि पूर्ण रुपले कार्यान्वयन नहुँदा सबै तहका कर्मचारीको वृत्ति विकास र सेवासुविधामा असर अवरोध खडा भएर मनोबल गिरेका ध्यानाकषर्ण पत्रमा उल्लेख गरिएको छ ।

सुदूरपश्चिम बाहेकका अन्य प्रदेशमा सोही ऐनअनुसार कर्मचारीको वृत्ति विकास सम्बन्धी कार्य सुरु भइसक्दा समेत यहाँ नहुँदा पीडित भएको गुनासो समेत उनीहरुको छ ।

कर्मचारीहरुले वृत्ति विकास र सेवासुविधासम्बन्धी व्यवस्था कार्यान्वयनका लागि मापदण्ड बनाएर यथाशीघ्र कर्मचारीको वृत्ति विकासको व्यवस्था गर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?