+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पोखरामा पत्रकारमाथि हातपात गरेको आरोपमा ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते १९:०५

१३ साउन, काठमाडौं । पत्रकारमाथि हातपात गरेको आरोपमा पाँच जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरमा पोखराको शान्तिवन बस्ने ट्याक्सी चालक ४१ वर्षीय सूर्यबहादुर नेपाली, गोरखा घर भई पोखराको पृथ्वीचोक बस्ने मजदुर ३३ वर्षीय बुद्धिबहादुर बयलकोटी, पोखराको लामाचौर बस्ने बसका सहचालक १६ वर्षीय किशोर, लमजुङ घर भई पोखरा बस्ने ट्याक्सी चालक २८ वर्षीय सन्तोष बस्नेत र स्याङ्जा घर भई पोखरा घारीपाटन बस्ने २५ वर्षीय टंकबहादुर क्षेत्री छन् ।

उनीहरुले गण्डकी भ्वाइस अनलाइन मिडियाका व्यवस्थापक निर्देशक सुरज थापा र पोखरा टेलिभिजनकी रिपोर्टर बिना कुमारी थापामाथि हातपात गरेको आरोप छ ।

गण्डकी प्रदेश सकारले निजी दुई पांग्रे र चार पांग्रे सवारी साधानलाई भाडा प्रयोग गर्न पाउने गरी कार्यविधि बनाई लागू गर्न लागेको विषयमा विरोध भएको थियो ।

आइतबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ गण्डकी प्रदेशको संयुक्त आयोजनामा यसको विरोध गरिएको थियो । सोही विषय रिपोर्टिङ गर्न जाँदा पत्रकारमाथि हातपात भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?