+

काभा बिच भलिबलमा नेपालको महिला टोली विजयी, पुरुष टोली पराजित

२०८१ साउन  १७ गते १८:४४ २०८१ साउन १७ गते १८:४४
काभा बिच भलिबलमा नेपालको महिला टोली विजयी, पुरुष टोली पराजित

१७ साउन, काठमाडौं । भुटानको थिम्पुमा बिहीबार सुरु काभा बिच भलिबल च्याम्पियनसिपमा नेपालको महिला टोली विजयी भयो भने पुरुष टोली पराजित भएको छ ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ नेशनल स्टेडियममा बिहीबार भएको खेलमा कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानलाई २१–१७, २१–१५ को सेटमा हरायो ।

बिहीबार भएको पुरुषतर्फको खेलमा राष्ट्रिय टिमका कप्तानसमेत रहेका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी माल्दिभ्सको टिम ए सँग २१–१६, २१–१५ ले पराजित भयो ।

तीन दिन चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ १० र महिलामा ७ टोली सहभागी छन् ।

नेपालबाट महिला र पुरुष दुवैमा एक-एक टोली सहभागी छन् ।

बिच भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय