२२ साउन, काठमाडौं । विश्वकै चर्चित कबड्डी लिग प्रो कबड्डीको ११ औं सिजनका लागि नेपालका कप्तान घनश्याम रोकामगरलाई हरयाना स्टिलर्सले रिटेन गरेको छ ।
नयाँ सिजनको लागि अक्सनअघि नै हरियाणाले घन्श्यामलाई रिटेन गरेको हो ।
नेपाल कबड्डी संघले घन्श्यामसहित नेपालबाट ४ खेलाडीको नाम प्रो कबड्डीका लागि सिफारिस गरेको थियो ।
‘गत सिजन हरियाणाबाटै खेलेकोले अक्सनअघि पुराना खेलाडीलाई रिटेन गर्ने अधिकार प्रयोग गरेर घनश्यामलाई हरयानाले रिटेन गरेको छ ।’ नेपाल कबड्डी संघका महासचिव अरविन्द राजले भने ।
हरियाणाले घनश्यामलाई साढे १५ लाख भारुमा अनुबन्ध गरेको हो ।
घनश्यामसँगै गढेश पार्की, लालमोहर यादव र रामु टमटाको नाम प्रो कबड्डीको नयाँ सिजनको लागि नेपालबाट सिफारिस भएका छन् ।
बाँकी तीन खेलाडीको नाम भने अक्सनमा समावेश हुनेछ ।
प्रतिक्रिया 4