+
+

हिमालयन रिको रेटिङमा स्तरोन्नति, पायो ‘ए’ रेटिङ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते १४:४३

२३ साउन, काठमाडौं । इक्रा नेपालले हिमालयन रिइन्स्योरेन्स कम्पनीको रेटिङ स्तरोन्नति गरिदिएको छ । यसअघि ए माइनस रेटिङ पाएको हिमालयन रिले अब ए रेटिङ पाएको छ ।

कम्पनीको वित्तीय दायित्व तथा समयमै सेवा प्रवाहमा स्तरियता रहेको भन्दै इक्राले रेटिङमा स्तरोन्नति गरिएको जनाएको छ । निजी क्षेत्रको बहुस्वामित्वमा रहेको यो पुनर्बीमा कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गरेको छ भने बाँकी ७० प्रतिशत संस्थापक समूहको छ ।

२०७८ असारदेखि सञ्चालनमा आएको यो कम्पनीको मुख्य कार्यालय काठमाडौंको महाराजगञ्जमा अवस्थित छ । बीमा कम्पनीहरुले गरेको बीमाको पनि बीमा (पुनर्बीमा) गर्ने उद्देश्यले कम्पनी सञ्चालनमा आएको हो ।

बीमा कम्पनीहरुले बहन गर्ने जोखिमको केही अंश यस कम्पनीले पनि बहन गर्दछ, जसले बीमा कम्पनीहरुको जोखिम हस्तान्तरण गर्न मद्दत पुग्नेछ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० उपासना पौडेल हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?