+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘बंगलादेशबाट नेपाली नेतृत्वले बेलैमा पाठ सिकोस्’

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते १६:५६

२५ साउन, काठमाडौं । बंगलादेशको घटनाबारे नेपालको राजनीतिक नेतृत्वले बेलैमा पाठ सिक्नुपर्ने प्रगतिशील रुपान्तरण आन्दोलनले बताएको छ ।

अभियानका संयोजक श्याम श्रेष्ठले शुक्रबार विज्ञप्ति जारी गर्दै पूर्वाधार निर्माण, औद्योगिक विकास र आर्थिक बृद्धि जेजति गरेपनि सरकारको नेतृत्वमा बसेकाहरु निरंकुश, दमनकारी र भ्रष्ट भए नागरिकहरूमा निराशा, आक्रोश र विद्रोहको भावना पैदा गराउने बताएका छन् । त्यसलाई बेलैमा सबोधन गर्दा कुनै पनि बेला बिष्फोट भएर सरकारलाई क्षण भरमा गिराइदिन्छ भत्रे बाङ्लादेशको घटनाले प्रष्ट भएको श्रेष्ठले बताएका छन् ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘विश्वभरिको, अझ बिशेष गरी नेपालको राजनीतिक नेतृत्वले यसबाट बेलैमा पाठ सिकोस् भन्‍ने कामना समेत गर्दछौं ।’

प्रगतिशील रुपान्तरण आन्दोलनले डा. मुहम्मद युनुसको नेतृत्वमा बंगलादेशमा अन्तरिम सरकारको बनेकोमा स्वागत समेत गरेको छ ।

‘अन्तरिम सरकारले अराजक हर्कतलाई अविलम्व रोकेर छिटोभन्दा छिटो मुलुकमा शान्ति सु-व्‍यवस्था कायम राख्न सकोस् तथा स्वच्छ÷निष्पक्ष लोकतान्त्रिक चुनावमार्फत देशलाई अग्रगमनतर्फ लान सकोस् भत्रे अपेक्षा गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?