+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते १७:१३

३० साउन, काठमाडौं। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी भएको प्रकरणमा बेचन झाविरुद्ध मुद्दा हेर्दाहेर्दैमा सकिएको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिर्थराज केसीको इजलासमा भएको झाविरुद्धको मुद्दाको पेशी गरेको थियो। उनीविरुद्धको मुद्दा बुधबार थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा सकिएको हो। अब भोलि बिहीबार पुन: सुनुवाइ हुनेछ । थुनछेक बहस सकिएपछि साधारण तारेख तथा धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार चलान गर्ने भन्ने आदेश आउने छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको प्रतिवेदनको आधारमा मंगलबार काठमाडौं जिल्ला अदालतमा झाविरुद्ध मुद्दा दायर भएको थियो।

झालाई चार वटा कसुरमा मुद्दा दायर गरिएको छ । ठगी, लिखत कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको छ ।

भारतीय समेत नागरिकता रहेको दाबी गरिएको झाको नेपाली ठेगाना भने पर्साको वीरगञ्ज उपमहानगरपालिका–७ छ । ६६ वर्षीय झाले भने आफूमाथि लागेको सबै आरोपको खण्डन गर्दै आफूलाई केही जानकारी नभएको बयान दिएका छन् ।

उनले चेक समेत आफूले नलिएको दाबी गर्दै इन्कारी बयान दिएका छन् । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसँग चिनजान सम्पर्क समेत नभएकाले उनले कुन आधारमा आफ्नो नाम लिएर बयान दिएको पत्ता नपाएको उनको दाबी छ । त्यस्तै रामशरण केसीसँग कुनै पनि चेक आफूले नलिएको उनको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?