+
+

सोनापुर मिनरल्स नोक्सानीमा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३१ गते ८:२५

३१ साउन, काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड गत आर्थिक वर्षमा नोक्सानीमा गएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नोक्सानी ४६ करोड ९२ लाख रुपैयाँ छ ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कम्पनी २ करोड ६२ लाख रुपैयाँ नाफामा थियो । कम्पनीको सञ्चालन आम्दानी ५ प्रतिशत घटेको छ भने बिक्री लागत बढेको छ, जसले गर्दा नोक्सानी देखिएको हो ।

सञ्चालन आम्दानी अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७३ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १ अर्ब ६३ करोड रुपैयाँ छ । तर बिक्री लागत अघिल्लो आवमा १ अर्ब ३१ करोड रहेकोमा गत आवमा १ अर्ब ५५ करोड छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ २६ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ २४ पैसा छ । बुधबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ५९९ रुपैयाँ छ ।

आर्थिक मन्दी प्रभाव, सरकारले भौतिक पूर्वाधार निर्माणमा छुट्याएको रकम खर्च गर्न नसक्नु, बारम्बार विद्युत् कटौती हुनु, कच्चा पदार्थको मूल्य उच्च हुनु लगायतलाई कम्पनीले समस्याका रुपमा औंल्याएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?