+
+

कुनै पार्टीसँग एकीकरण गर्ने कुरा चलेको छैनः प्रवक्ता खतिवडा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३१ गते १५:१६

३१ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगननाथ खतिवडाले कुनै पनि पार्टीसँग एकीकरण गर्ने कुरा नचलेको बताएका छन् ।

तर कम्युनिष्ट पार्टीहरुको वीचमा समसायिक परिस्थितिबारे समीक्षा भइरहे पनि एकीकरणको कुरा नचलेको बताएका छन् ।

‘समाजवादी मोर्चाको गतिविधि बढाइ वामन्थीहरुको बीचमा न्यूनतम सहकार्य अगाडि बढाउन पहल गरिरहने हाम्रो नीति नै हो । त्योभन्दा बढी केही छैन’, प्रवक्ता खतिवडाले प्रेस नोटमा लेखेका छन् ।

उनले पार्टी एकताको प्रचारबाट नबहकिन आग्रह समेत गरेका छन् । ‘सबै राजनीतिक दलका आ-आफ्नो कार्यनीति हुन्छन्, त्यसमा हामी बहकिन हुँदैन’, उनले लेखेका छन्, ‘कलम चिह्न हाम्रो विशेष परिचय हो, यो परिचयलाई मेट्ने गरी पार्टीले कुनै काम गर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?