+

साफ यू-२० च्याम्पियनसिपको उद्घाटन खेल एन्फा कम्प्लेक्समा हुने

२०८१ साउन  ३२ गते १६:०८ २०८१ साउन ३२ गते १६:०८
साफ यू-२० च्याम्पियनसिपको उद्घाटन खेल एन्फा कम्प्लेक्समा हुने

३२ साउन, काठमाडौं । साफ यू-२० च्याम्पियनसिपको उद्घाटन खेल एन्फा कम्प्लेक्समा हुने भएको छ ।

साफ च्याम्पियनसिपका म्याच कमिस्नरले अब्दुल हामिद अब्दुल गफरले आज (शुक्रबार) मैदानको निरीक्षण गरेपछि रशरथ रंगशाला खेल खेलाउन योग्य नभएको प्रतिवेदन बुझाएको एन्फा स्रोतले बतायो ।

स्रोतका अनुसार साफमा रिर्पोट पठाइसकेको र केही समयमा आधिकारीक रुपमा एन्फामा सञ्चालन हुने भन्ने कुरा सार्वजनिक हुनेछ ।

दशरथ रंगशालामा मंगलबार चर्च ब्वाइज युनाइटेड र पारो एफसीबिच भएको एएफसी च्यालेन्ज कपको खेलको क्रममा मैदान हिलाम्य भएको थियो ।

मैदानको अवस्थालाई हेरेर आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिग चरणको खेलहरु एन्फा कम्प्लेक्समा हेन भनने तयारी गरिसकेको थियो । तर साफबाट रिर्पोट आएपछि भने आधिकारीक हुने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

‘वर्षाका कारण रंगशालाको अवस्था अहिले ठिक छैन । हामी सकभर सेमिफाइनल र फाइनल खेल चाँही दशरथ रंगशालामा गर्ने कोशिस गर्नेछौं । तर अहिले नै भन्न सकिँदैन ।’ एन्फा प्रवक्ता सुरेश शाहले भने ।

नौ महिनाअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मैदान मर्मतसंभारको जिम्मेवारी लिएको थियो जसपश्चात पहिलो पटक दशरथ रंगशालामा खेल भएको थियो । तर मैदानमा घाँस उर्मानु अघि रोलर नलगाई घाँस उर्मादा मैदानको स्तर खस्किएको हो ।

यसअघि राखेप र एन्फाकै लापरबाहीका कारण एएफसीले मैदानलाई अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न अयोग्य घोषणा समेत गरेको थियो तर एक हप्ता अघि मात्रै पुन रंगशालाले मान्यता फिर्ता पाएको थियो ।

साफ यु–२० च्यापिम्यनसिप आइतबारदेखि हुँदैछ । समूह ‘ए’ मा आयोजक नेपालसँगै बंगलादेश र श्रीलंका तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र श्रीलंकाले खेल्नेछन् ।

एन्फा कम्प्लेक्स साफ यू-२० च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय