३२ साउन, काठमाडौं। साफ यू-२० च्याम्पियनसिपको लिग चरणको तालिकामा परिवर्तन भएको छ । लिग चरणको सम्पूर्ण खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने भएपछि खेल तालिकामा परिवर्तन भएको हो ।
दशरथ रंगशालामा ४ बजेबाट सुरु हुने फिक्सरमा परिवर्तन भई एन्फा कम्प्लेक्समा सबै खेल ३ बजेबाट राखिएको छ ।
दशरथ रंगशालामा खेल हुन नसक्ने भइसकेपछि आज (शुक्रबार) साफका म्याच कमिस्नर अबदुल हमिद अबदुल गफरले मैदान प्रतियोगिताका लागि अयोग्य रहेको बताएका थिए ।
उनले मैदानको रिपोट बुझाए अनुरुप आयोजक टिम नेपालले प्रस्ताव गरेको दोस्रो भेन्यु एन्फा कम्प्लेक्समा खेल हुन लागेको हो ।
पहिलो खेलमा नेपालले श्रीलंकासँग दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा उद्घाटन खेल खेल्नेछ ।
प्रतियोगितामा नेपाल सहित ६ देशले सहभागिता जनाउने छ । समूह एमा आयोजक नेपाल, बंगलादेश र श्रीलंका रहेका छन् । भने समुह बी मा भारत,माल्दिभ्स र भुटान रहेका छन् ।
प्रतिक्रिया 4