
७ भदौ, काठमाडौं। भक्तपुरको मध्यपुरठिमी नगरपालिका वडा नम्बर ७ धुन्चेपाखामा रहेको डेरी पसलमा आगलागी भएको छ ।
आज बिहान शिवदूती डेरीमा आगलागी हुँदा ३ लाख ५४ हजार रुपैयाँ बराबरको सामान जलेर क्षति पुगेको भक्तपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले ८ बजेर १९ मिनेटमा आगलागी भएको र ८ बजेर ३१ मिनेटमा आगो नियन्त्रणमा लिइएको जानकारी दिए ।
आगो निभाउन प्रहरी वृत्त ठिमीबाट २० जनाको टोली खटिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4