+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

दुर्घटना एकदमै बढ्यो, घटाउनुपर्‍यो : गृहमन्त्री लेखक

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते १९:३६

१२ भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले सडक दुर्घटना न्यूनीकरणका लागि सबैले आ–आफ्नो ठाउँमा काम गर्नुपर्ने बताएका छन् ।

बुधबार दिउँसो गृह मन्त्रालयमा सरोकारवालाहरुसँग भएको छलफलमा गृहमन्त्री लेखकले दिनमा ७ जनाको मृत्यु हुनु चिन्ताको विषय भएको बताए ।

यातायात व्यवसायीलाई दक्ष सवारी चालक राख्न आग्रह गर्दै उनले भने, ‘दुर्घटना एकदमै बढ्यो । सडक सुरक्षा परिषद, सडक विभाग, मन्त्रालय, प्रहरीका साथीलाई भन्न चाहन्छु, आगामी २–३ महिनामा दुर्घटना कम भएको देखिनुपर्छ ।’

घटस्थापना आउन ३५ दिन बाँकी रहेको भन्दै चाडपर्वमा विशेष व्यवस्था मिलाउन समेत निर्देशन दिए । ‘काउन्टर खोलेर टिकट वितरण गर्नुका साथै रात्रीबसमा दुई जना चालक राख्नुपर्छ । मापसे र लापसे जाँचमा कडाइ गर्ने काम थाल्नुपर्छ’, उनले भने ।

यसपालिको दसैंलाई दुर्घटनारहित बनाउनुपर्नेमा गृहमन्त्रीले जोड दिए । ‘सार्वजनिक यायातात सुव्यवस्थित बनाउनुहोस्, यो पालिको दसैंमा दुर्घटनारहित बनाऔं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?