
१६ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शेर्पाहरूको साहसका कारण नै सगरमाथा विश्वमा चिनिन पुगेको बताएका छन् ।
ओखलढुंगा खिजीदेम्बा गाउँपालिकाले आयोजना गरेको ‘सगरमाथा आरोहीहरूलाई सम्मान कार्यक्रम’ मा मन्त्री पाण्डेले शेर्पाहरूको साहसका कारण सगरमाथा विश्वमा चिनिएको बताएका हुन् ।
डोरी टाङ्नेदेखि आारोहीलाई शिखरमा पुर्याउने काम शेर्पाकै कारण सहज भएको उनको भनाइ छ ।
कार्यक्रममा सगरमाथाको सफल आरोहण गर्ने खिजीदेम्बा गाउपालिकाका ४६ जनालाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा कान्छो सगरमाथा आरोही जम्बले शेर्पादेखि २२ पटक सगरमाथा आरोहण गर्ने जाङ्बु शेर्पासम्म छन् । त्यस्तै पालिकाको सद्भावना दूतमा कुङ्गा शेर्पालाई नियुक्त गरियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4