+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बालबालिकामा वित्तीय बानी विकास गर्न ग्लोबल आईएमई बैंकको ‘जुनियर एप’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते १९:१८

काठमाडौं । ग्लोबल आइएमई बैंकले बालबालिकालाई लक्षित गरी ‘ग्लोबल जुनियर एप’ सार्वजनिक गरेको छ ।

बैंकले बालबालिकामा सानै उमेरदेखि असल वित्तीय बानी विकास गर्न यो एप सार्वजनिक गरेको जनाएको छ ।

बैंकले १२ देखि १७ वर्षसम्मका बालबालिका लक्षित गर्दै एप सार्वजनिक गरेको हो । उक्त उमेर समूहका बालबालिका आफैंले डिजिटल बैंकिङ अनुभव लिने गरी ल्याएको जुनियर एपमार्फत तोकिएको उमेर समूहका बालबालिकाले बचत गर्ने बानी विकास गर्ने छ । त्यस्तै अभिभावकको निगरानीमा आफ्नो बचत रकम खर्च गर्न सक्ने बैंकले जनाएको छ ।

यो एपमार्फत बालबालिकाले बचत गर्न तथा आफूलाई आवश्यक परेका बेला बचत रकम खर्च गर्न सक्नेछन् । जसले बालबालिकामा आर्थिक जिम्मेवारी समेत विकास हुने विश्वास लिएको बैंकले जनाएको छ ।

आमाबाबुको निगरानी र मार्गदर्शनमा बालबालिकाका लागि ग्लोबल जुनियर एपमार्फत नवीनतम वित्तीय सिकाइ अनुभव प्रदान हुने विश्वास बैंकको छ ।

उक्त एपमा अभिभावकको पूर्ण नियन्त्रण रहनुका साथै बालबालिकामा वित्तीय व्यवस्थापन सम्बन्धी क्षमता विकासका लागि सुरक्षित वातावरण समेत रहेको जनाएको छ ।

‘ग्लोबल जुनियर एप १२ देखि १७ वर्षका किशोर प्रयोगकर्ताका लागि डिजाइन गरिएको प्लेटफर्म हो,’ बैंकले सोमबार उक्त एप सार्वजनिक गर्दै भनेको छ, ‘एप बालबालिकाले प्रयोग गर्ने मोबाइलमा डाउनलोड गरी ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता अभिभावकको समन्वयमा सजिलै सुचारु गर्न सकिन्छ ।’

ग्लोबल जुनियर एपमा ब्यालेन्स हेर्न, ट्रान्जेक्सन इन्क्वारी गर्न र क्यूआर कोडमार्फत भुक्तानी गर्ने जस्ता सुविधा रहेको बैंकले जनाएको छ । यो एप डाउनलोड गरेर पहिलो वर्षका लागि निःशुल्क प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?